अचानकको वर्षाले क्रिकेट प्रतियोगिता प्रभावित

44

नेपालगन्ज, चैत १–
अचानक आएको बर्षाका कारण सोमबार नेपालगन्ज युथ टि–ट्वान्टी क्रिकेट प्रतियोगिता प्रभावित भएको छ । बर्षाका कारण सोमबार एउटा मात्र खेल सञ्चालन भएको आयोजक नेपालगन्ज युथले जनाएको छ । सोमबारको एक मात्र खेलमा नेपालगन्ज च्याम्ब विजयी भएको छ ।

Kriket Pic

मंगलप्रसाद उच्च माध्यामिक बिद्यालयको खेल मैदानमा भएको खेलमा महाराजा म्याक्सलाई ४ विकेटले पराजित ग¥यो । खेलमा नेपालगन्ज च्याम्बका आषिश श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंगलवार (आज) दुई वटा खेल हुने भएका छन् । पहिलो खेलमा थण्डर क्रिकेट क्लब र महेन्द्र उच्च माबि तथा दोस्रो खेलमा नेपाल टाइगर र बुद्धयुवा क्लब बीच हुने नेपालगन्ज युथका अध्यक्ष प्रविण कर्णले जानकारी दिएका छन् ।

Womui
Womui