पाँच किलो चरेश सहित दुई युवक पक्राउ

39

नेपालगन्ज, चैत १–
पाँच किलो चरेश सहित नेपालगन्जमा दुई युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बाँके, कम्दी–९ निवासी २२ वर्षिय शंकर क्षेत्री र सल्यान, छायाँक्षेत्र गाविस–५ का १९ बर्षिय हरि थापालाई पक्राउ गरेको हो । नेपालगन्ज–२५ भुजईगाउँमा चरेश विक्री, वितरण गरिरहेको गोप्य सुचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक(डिएसपी) भिमकिरण बोगटीले जानकारी दिएका छन् । पक्राउ अभियुक्त क्षेत्री यसअघि ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष जेल सजाए भएपनि फरार हुदै आएका थिए । दुबै अभियुक्त विरुद्ध सुरुमा लागु औषध मुद्दामा अनुसन्धान गरिने र क्षेत्रीलाई जेल सजायका लागि अदालतमा बुझाइने बोगटीले बताए ।

Womui
Womui