अदालतबाटै हत्या आरोपी फरार

56

बर्दिया(गुलरिया), फागुन ३०–
हत्याका आरोपी अजिव बुढाक्षेत्री बर्दिया जिल्ला अदालत परिसरबाटै फरार भएका छन् । सौच गर्ने बहानामा अदालत परिसर भित्रै रहेको शौचालयमा गएका २३ बर्षिय क्षेत्री शौचालयको भेन्टिलेशन झ्यालबाट आइतबार दिउँसो फरार भएका हुन । उनीमाथि ६९ बर्षिया जोरासिंह थापाको हत्या गरेको अभियोग छ ।

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी क्षेत्रीलाई बर्दिया प्रहरीले थुनछेक बहसका लागि अदालतमा उपस्थित गराएको थियो । घरको पालीमुनी बरन्डामा सुतिरहेको अवस्थामा धारिलो हतियारको प्रहारबाट ठाकुरद्वारा–४ सुतैयामा बुधबार राति १०.३० बजे थापाको हत्या भएको थियो ।

Womui
Womui