युथ टुडे साप्तहिकले चौथो वार्षिक उत्सव मनाउने

38

नेपालगन्ज, फागुन २७–
नेपालगन्जस्थित युथ टुडे साप्तहिकले आफ्नो चौथो वार्षिक उत्सव मनाउने तयारी गरेको छ । आगामी शनिबार नेपालगन्ज–७ फुल्टेक्रास्थित पत्रिकाको कार्यालयमा औपचारिक कार्यक्रम गरिने भएको हो । युथ टेडेको ५२ औं अंक प्रकाशित गरेर मनाउन लागिएको वार्षिक उत्सवको तयारी लगभग पुरा भएको प्रवन्ध निर्देशक डोलमाया चौधरीले जानकारी दिईन् ।

हिन्दी र नेपाली भाषामा प्रकाशित हुने युथ टुडे एक मात्र नेपाली साप्ताहिक पत्रिका रहेको र पाठकहरु माझ पुगिरहेको उनले बताईन् । वार्षिक उत्सवमा स्थानीय वौद्धिक व्यक्तित्व, सांसद, पत्रकार र पत्रिकाका शुभचिन्तक तथा संघ संस्थाका प्रतिनिधीलाई आमन्त्रण गरिने पत्रिकाका संस्थापक आलम खानले छिनछिन खबरलाई जानकारी दिए । सो कार्यक्रममा पत्रिकालाई स्थापनाकालदेखि सहयोग गर्दै आएका दुई जनालाई सम्मान गरिने उनले बताए । पत्रिका २०६८ सालमा स्थापना भएको थियो ।

Womui
Womui