मोटरसाईकलले ठक्कर दिदाँ एकको मृत्यु

42

दाङ, फागुन २७–
तुल्सीपुरमा मोटरसाईकलले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । घोराहीबाट तुल्सीपुरतर्फ आउँदै गरेको रा २ प २५ ७७ नम्बरको मोटरसाईकलको ठक्करबाट बुधबार बेलुका तुल्सीपुरस्थित कुमाल गाँउका ६० वर्षिय पर्शुराम कुमालको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाईते भएका कुमालको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उक्त दुर्घटनामा मोटरसाईकल चालक दाङ विजौरी ८ निवासी विनोद पाध्या घाईते भएका छन् । उनलाई थप उपचारको लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

Womui
Womui