किन जिते शशांकले चुनाव ?

58

काठमाडौं, फागुन २६–
शशांक कांग्रेस संस्थापन वीपी कोइरालाका छोरा हुन, चुनाव जित्न उनीसँग सबैभन्दा ठूलो योग्यता यही थियो । शुशीलजस्ता बृद्ध र शान्त नेताले चलाएको कांग्रेस शशांकजस्ता युवाले पनि हाक्न सक्छन् भन्ने विश्वासमा उनलाई अघि बढाउन थालिएको हो । पदाधिकारीमा शशांकसँगै सुजाता र शेखरको पनि दबी थियो ।

तर शशांक महामन्त्री बन्ने पक्का भएसँगै सुजाता र शेखरले पनि कोइराला परिवार एक भएको सन्देश दिए । अर्जुननरसिंह केसीलाई देउवा समूहकै अरु नेताहरुले रुचाएनन् । तर, वीपीपुत्र शशांक महामन्त्रीमा जित्दा पार्टी एकढिक्का भएको सन्देशसहित देउवालाई पार्टी चलाउन सहज हुने उनीहरुको बुझाई रह्यो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Womui
Womui