हतियारबारे प्रहरी भन्सारबीच द्धन्द्ध

32

काठमाडौं, फागुन २१–
राष्ट्रिय सुरक्षालाई असर पार्ने सामग्री भित्रिएको इन्टरपोलको सूचनाका आधारमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले बुधबार छापा मारेपछि भन्सार कार्यालय र प्रहरीका अधिकारीबीच द्धन्द्ध बढेको छ । भन्सार क्षेत्रमा बिना अनुमति प्रहरी आउन नपाउने नियम मितेर आतंक मच्चाएको भन्दै बिहीबार भन्सारका कर्मचारी हड्तालमै उत्रिए ।

राष्ट्रिय सुरक्षाजस्तो संवेदनशिल विषयमा पूर्व जानकारी नगराएको भन्दै प्रहरी, भन्सार अधिकारीको भूमिकामातिथ नै अनुसन्धान गर्नुपर्ने पक्षमा छ। प्रहरीले भने भन्सारमा छापा मानै अनुमति लिनु नपर्ने बताएको छ । सिआइबीका डिआइजी नवराज सिलवालले यसलाई इस्यु बनाउन जरुरुी नरहेको बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

Womui
Womui