बस दुर्घटना हुदाँ ३३ यात्रु घाईते

60

दाङ, फागुन २१–
बस दुर्घटना हुँदा दाङमा ३३ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट तुलसीपुरतर्फ आउँदै गरेको राप्ती अञ्चल सार्वजनिक यातायात समितिको ना ४ ख १०७६ नम्वरको बस जिल्लाको गोबरडिया–१ मा दुर्घटनामा परेको हो । शुक्रवार विहान साढे ५ बजेतिर भएको बस दुर्घटनामा परि घाइते भएका मध्ये १६ जनाको उपचार बुटवलमा भइरहेको र अन्य १७ जना घाइतेको भालुवाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख कुँवेर कडायतले जानकारी दिए । बस विद्युतको पोलसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । कडायतका अनुसार चालक निदाएर वा तिव्र गतिका कारण दुर्घटनामा भएको अनुमान गरिएको छ ।

Womui
Womui