‘पहाड र मधेसबीच भेदभाव छैन’ : नेपाल

120

नेपालगन्ज, फागुन १९–
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पहाड र मधेसबीच कुनै भेदभाव नरहेको दाबी गरेका छन् । नेकपा एमाले बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको ‘वृहत जनसभा’लाई सम्बोधन गर्दै पुर्वप्रधानकन्त्री नेपालले भने, ‘नयाँ संविधानले मधेस, पहाड र हिमालमा बस्ने सबै नेपालीलाई समान खालको अधिकार दिएको छ, कसैलाई काखा र कसैलाई पाखा गरेको छैन ।’ उनले राष्ट्र विरोधी काम गर्ने व्यक्ति नेपाली हुन नसक्ने बताए ।

आमसभालाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल ।
सभालाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल ।

राष्ट्रिय एकता नचाहने तत्वले हिमाल, पहाड र तराईबीच सदभाव बिथोल्ने काम गरेको जिकिर गरे । ‘राष्ट्रको विरोधी काम गर्ने व्यक्ति नेपाली हुन सक्दैन, सच्चा नेपाली भएर त्यस्ता व्यक्तिका पछाडी लाग्नु हुदैन,’ नेता नेपालले भने । ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ,’ राष्ट्रिय गीतको शब्द सुनाउँदै भने ‘पहाड र मधेसबीचे कुनै भेदभाव छैन, नेपाल आमाका सन्तान थरी थरीका छन, त्यसमा हामीलाई गौरव बोध हुन्छ ।’ देशमा रहेका १ सय २४ जात जातीका अनेक भाषा, भेषभुषा, संस्कृती र परम्परा रहेको उल्लेख गर्दै नयाँ संविधानले सबैलाई पुर्ण रुपमा अधिकार दिएको दाबी गरे ।

वृहत जनसभामा सहभागि एमाले कार्यकर्ता ।
वृहत जनसभामा सहभागि एमाले कार्यकर्ता ।

एमालेलाई मधेस विरोध पार्टी भनेर अर्नगल प्रचारबाजी गरिएको भन्दै वरिष्ठ नेता नेपालले दुःख व्यक्त गरे । संविधान निर्माणमा महत्वपुर्ण जिम्मेवारी निभाएको एमालेको काँधमा संविधान कार्यान्वयन गराउने दायित्व पनि भएकाले पार्टीले जनताको बीचमा रहेको भ्रम चिर्ने काम गरेको बताए । जनसभामा जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट ठुलो संख्यामा एमाले कार्यकर्ता सहभागि भएका थिए । एमाले बाँकेका अध्यक्ष अशोक कोईरालाको सभापतित्वमा सम्पन्न सभालाई खानेपानी तथा सरसफाई राज्यमन्त्री दिनेशचन्द्र यादव, सांसदहरु देवराज भार, दलबहादुर सुनार लगायतले सम्वोधन गरेका थिए । जनसभा सुरु हुनुभन्दा अगाडी कार्यकर्ताहरुको जुलुस सुर्खेतरोड हुदै कार्यक्रम स्थल विपीचोक नजिकै रहेको आँप बगियामा पुगेर समापन भएको थियो ।

Womui
Womui