‘भाग्यले बाँचेकाहरु’ वृत्तचित्र प्रर्दशन

57

नेपालगन्ज, फागुन १८–
बैशाख १२ को भूकम्पसँग सम्वन्धित ‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्र(डकुमेन्ट्री) मंगलबार नेपालगन्जमा प्रर्दशन गरिएको छ । सञ्चारकर्मी गणेश पाण्डेले निर्देशन गरेको उक्त वृत्तचित्रलाई प्रेस चौतारी बाँकेले प्रर्दशन गरेको हो । वृत्तचित्रलाई नेकपा एमालेका वरिष्ठ नेता एवम् पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल, यस क्षेत्रका उद्योगी, व्यवसायी, समाजसेवी, सञ्चारकर्मी, राजनीतिककर्मी लगायतले अवलोकन गरे । उक्त वृत्तचित्रको नेपाली संस्करण ५५ मिनेट र अंग्रेजी ४५ मिनेटको रहेको छ ।

1 Documentry

वृत्तचित्रमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि भूकम्पमा परेर चमत्कारिक रुपमा नयाँ जीवन पाएका व्यक्तिको कथालाई पर्दामा उतारिएको छ । वृत्तचित्रले भारतको नयाँ दिल्लीमा मंगलबार सम्पन्न तेस्रो नोइडा अन्र्तराष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ठ डकुमेन्ट्री–जुरी अवार्ड र गत महिना काठमाडौमा सम्पन्न काठमाडौं पर्वतारोहण अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा पनि उत्कृष्ठ डकुमेन्ट्री अवार्ड तथा पब्लिक च्वाइस अवार्ड गरी एकसाथ दुईवटा अवार्ड जितेको निर्देशक पाण्डेले बताए । प्रदर्शनीबाट उठेको रकमबाट ४० हजार राशीको कल्याणकारी कोष स्थापना गरिने चौतारीले जनाएको छ ।

2 Dacumentry

Womui
Womui