बिद्यालयमा मौलानाको सिकाई आदान–प्रदान

46

नेपालगन्ज, फागुन १४–
जिल्लामा सञ्चालित २० वटा मदरसाका मौलानाको एक टोलीले सरकारी बिद्यालयमा सिकाई आदान–प्रदान गरेको छ । मदरसा सञ्चालक मौलाना, प्रधानाध्यापक, शिक्षक सहितको टोलीले नेपाल राष्ट्रिय निम्न माध्यामिक बिद्यालय चटार कोहलपुरमा पुगेर बिद्यालमा सिकाई आदान–प्रदान गरेको होे । मौलाना टोलीले बिद्यालयका प्रत्येक कक्षा कोठामा पुगेर शिक्षण विधी हेर्नुका साथै त्यहा निर्माण गरिएका शैक्षिक सामाग्रीबारे चासो लिएको छ । साथै कक्षा कोठाको नीति, नियमबारे पनि पहिलो पटक जानकारी आदान–प्रदान गरेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताए ।

School Anugaman

टोलीले पुस्तकालयको समेत अनुगमन गर्दै बिद्यालयको खेल मैदानदेखि अन्य सबै भौतीक पूर्वाधारका बारेमा पनि जानकारी लियो । मदरसाको उक्त टोलीलाई स्वागत गर्दै नेरा निमाबि चटारका प्रधानाध्यापक जगतपाल थारुले पहिलो पटक मदरसाको टोलीले सरकारी बिद्यालयमा भ्रमण गरेको भन्दै खुसी व्यक्त गरे । यस्ता भ्रमणबाट शिक्षाको गुणस्तर बढाउनमा सहयोग पुग्ने उनको विश्वास छ ।

दुबै ठाउँका राम्रा सिकाइलाई दुबै ठाउँमा लागु गर्नुपर्नेमा थारुले जोड दिए । बिद्यालयको पृष्ठभूमि तथा शैक्षिक अवस्थाबारे जानकारी गराउँदै उनले सरकारी बिद्यालबाट पनि मदरसाको यसै प्रकारको भ्रमण गराउनुपर्ने आवश्यकता औंल्याए । टोलीमा रहेका दारुलउलुम गुलशने मदिनाका प्रधानाध्यापक मौलाना नसरुद्दीन अन्सारीले पहिलो पटक गरिएको भ्रमण निकै फलदायी भएको बताए । बिद्यालयको सरसफाई, शिक्षण विधि र सामान राख्ने तरिकाबाट आफु प्रभावित भएको उनको भनाई छ ।

Womui
Womui