कांग्रेसका शुभेच्छुक संस्थामा महाधिवेशन प्रतिनिधिबारे विवाद

166

काठमाडौं, फागुन १४–
नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभागी हुने महाधिवेशन प्रतिनिधिका विषयलाई लिएर शुभेच्छुक संस्थाभित्र विवादले उग्ररुप लिएको छ। १७ वटा शुभेच्छुक संस्था मध्ये अधिकांशमा महाधिवेशन प्रतिनिधिका विषयलाई लिएर विवाद उत्कर्षमा पुगेको छ । कांग्रेसको डेमेक्रेटिक लर्यस एसोसियसन र ट्रेड युनियन कांग्रेसबाहेक सवैमा शुुभेच्छुक संस्थामा महाधिवेशन प्रतिनिधि विवाद उत्कर्षमा पुगेको छ । पत्रकारहरुको संगठन नेपाल प्रेस युनियन, शिक्षक संघ, नेपाल लोकतन्त्रवादी प्राध्यापक संघबाट पठाइएका महाधिवेशन प्रतिनिधिको नामावलीका विषयमा पार्टी नेतृत्व र केन्द्रीय निर्वाचन समितिमा उजुरी परेको छ ।

NC

नेपाल सांस्कृतिक संघ, नेपाल प्रजातन्त्रवादी इन्जिनियस एसोसियसन, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, प्रजातन्त्रवादी चिकित्सक संघले अहिले सम्मपनि नाम पठाउन सकेका छैनन् । नेपाल लोकतन्त्रवादी प्राध्यापक संघका तर्फबाट काँग्रेसको महाधिवेशनका लागि सिफारिस गरिएका प्रतिनिधिको नामावली बदर गर्न संघकै नेताले माग गरेका छन् । संघका प्रथम उपाध्यक्ष कृष्णप्रसाद गौतमको नेतृत्वमा गएको संघका पदाधिकारीसहितको टोलीले गलत तरिकाबाट प्रतिनिधिको सिफारिस गरिएको भन्दै बदर गर्न माग गरेको हो । कार्यबाहक सभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, प्रवक्ता दिलेन्द्रप्रसाद बडू लगायतलाई ज्ञापनपत्र बुझाइएको संघका कोषाध्यक्ष विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

यस्तै पत्रकारहरुको संगठन प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेलसहितका प्रेस युनियनका पदाधिकारीहरुले केन्द्रीय समितिलाई बाइपास गरी पठाइएको नामावली खारेजीको माग गर्दै केन्द्रीय निर्वाचन समिति र पार्टी केन्द्रीय कार्यालयमा उजुरी दर्ता गरेका छन् । प्रेस युनियनले केन्द्रीय समितिको बैठक तत्काल आह्वानका लागि समेत अध्यक्ष बद्री सिग्देललाई भेटेर आग्रह गरेको सचिव खिला कार्कीले जानकारी दिए । नेपाल प्रेस युनियनको महिला बिभागले समेत महाधिवेशन प्रतिनीधिको नामावली समावेशी नभएको भन्दै बदरको माग गर्दै उजुरी गरेको छ । यसैगरी शिक्षक संघमा समेत समावेशी नभएको भन्दै महाधिवेशन प्रतिनिधि बदरको माग गर्दै उजुरी परेको छ । उपाध्यक्ष बिष्णु पाण्डेका अनुसार सीमित व्इक्ति बसेर एकजना पनि महिलालाई सहभागी नराइएको भन्दै उजुरी परेको हो ।

काँग्रेसको विधानको परिच्छेद ४, दफा १५, उपदफा दुईको ‘ग’ मा शुभेच्छुक संस्थाको महाधिवेशनबाट पार्टीको महाधिवेशन प्रतिनिधि छान्नुपर्ने व्यवस्था छ । विधानको व्यवस्थानुसार महाधिवेशनबाट नछानिएको अवस्थामा केन्द्रीय समितिको पूर्ण बैठकले छनोट गर्नुपर्ने मान्यता भए पनि अध्यक्षहरुले एकलौटी तरिकाले महाधिवेशन प्रतिनिधि छनोट गरेर निर्वाचन समितिलाई बुझाएपछि शुभेच्छुक संस्थाहरुमा विवाद उत्पन्न भएको हो ।

Womui
Womui