चरेश सहित तीन जना पक्राउ

82

जाजरकोटा, फागुन १४–
लुकाई–छिपाई बिक्री वितरण गर्नका लागि लैजादै गरेको चरेशसहित ३ जना जाजरकोटमा पक्राउ परेका छन् । कार्की गाउँ गाविस–३ का २८ वर्षीय सहवीर खत्रीलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो । जाजरकोट सदरमुकामबाट राकमतर्फ जाँदै गरेको अवस्थामा मटेला चेक प्वाइन्टमा एक किलो ९ सय ग्राम चरेशसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

त्यस्तै, जिल्लाको सीमा गाविस–९ स्यापीमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार बिहान प्रहरीले सुर्खेत घोरेटा गाविस(२ का ५४ वर्षीय रिके खत्री र बजेडीचौर गाविस–५ बस्ने ६० वर्षीय भद्रबहादुर सिंहलाई पाँच किलो ३०० ग्राम लागुऔषध चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

Womui
Womui