महोत्सवमा बद्रीले रुवाउँदा ज्योतीले तताईन्

147

कोहलपुर, फागुन १०–
कोहलपुरमा जारी बाँके पर्यटन महोत्सवको पाँचौ दिन सोमबार गायक बद्री पंगेनीले दर्शक रुवाएका छन, भने हट गायिका ज्योती मगरले तताएकी छन् । गायक पंगेनीले जब गित गाउन सुरु गरे, दर्शकदिर्घामा रहेका महिलाका आँखा रसाउन थाले । उनले ‘यसपाली नि आउन पाउंदिन आमा….’ भन्दै गित पस्केपछि अधिकाशं महिलाका आँखा रसाएका थिए । दर्शक दिर्घामै पुगेका गायक पंगेनीले बृद्ध आमाहरुसँगै बसेर केहीबेर गीत पस्केका थिए ।

Badri Pangeni Pic

यस्तै अर्की हट गायिका ज्योतीले पनि खुलेरै प्रस्तुती देखाईन् । निकै कामुक मुद्रामा प्रस्तुत भएकी ज्योतीले समय अनुसार परिवर्तन हुनुपर्ने भएकाले आफुले त्यस्तै प्रकारका गीत गाउने बताउँदै आफ्ना चर्चित गितबाट दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिईन् । निकै छोटो स्कर्टमा स्टेज उक्लिएकी उनले दर्शकदिर्घामै पुगेर गित सँगसँगै अंग प्रदर्शन गरेकी थिईन् ।

Jyoti Magar Pic

महोत्सवमा सोमबार नै गायक भागिरथ चलाउने, हा“स्य कलाकारद्धय सुरेन्द्र के.सी (मुलाको साग) र शिवशंकर पौडेल (पानवाला) लगायतले पनि आफ्ना प्रस्तुती देखाए ।

Womui
Womui