बंगलादेशसँगको सोझो पारबहन सुविधा दिन भारत सहमत

45

भारत(दिल्ली), फागुन ८-

वर्षौंदेखि बंगलादेशसँग सोझो पारवहन सुविधाको माग गर्दै आएको नेपाललाई अब भने भारतले आफ्नो भूमिभएर रेल पारवहन सुविधा दिने भएको छ। यस सम्बन्धी सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार हैदराबाद हाउसमा हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले विभिन्न ७ ओटा द्विदेशीय सहमतिमा हस्ताक्षर गरेका छन्। हैदराबाद हाउसमा भेटवार्तापछि स्वीच थिचेर ढल्केबर–मुजफ्फरपुर क्रशबोर्डर ट्रान्सिमिशन लाइनबाट ८० मेगावाट विद्युत् नेपाल पठाउन शुभारम्भ गरेका प्रधानमन्त्रीबीच अन्य द्विदेशीय सहमति पनि भएको छ ।

भारतले नेपाललाई दिने ८० मेगावाट विद्युत् प्रतियुनिट साढे पाँच रुपैयाँमा दिने सहमति भएको हो। त्यस्तै, आगामी असोजसम्ममा २ सय मेगावाट र २२ महिनाभित्रमा ६ सय मेगावाट विद्युत् नेपाललाई दिने सहमति गरेको छ । बंगलादेशसँगको सिधा व्यापारका लागि भारतको सिंहबादबाट रेल सुविधा दिने, काँकडभिट्टा–बंगलाबन्द पारवहन करिडोर सञ्चालन गर्न दिने र तेस्रो मुलुकसँगको व्यापारका लागि विशाखापट्टनम बन्दरगाह सञ्चालन गर्न दिने सहमति गरेको छ।

विशाखापट्टनमबाट पनि रेल पारवहनको सुविधान नेपाललाई दिने पनि सहमति भारतले गरेको छ। हुलाकी राजमार्गलगायत तराईका सडक पूर्वाधार विकासमा सहयोग गर्ने सहमति पनि भएको छ। यसअघिबाट नै भारतले हुलाकी राजमार्ग निर्माण गरिरहेको छ। त्यस्तै, वैशाखमा आएको भूकम्पपछि पूननिर्माणका लागि भारतले नेपाललाई दिने घोषणा गरेको १ खर्ब सहुलियत ऋण मध्येबाट २५ अर्ब अनुदान र ७५ अर्ब सहुलियत ऋण दिने सहमति गरेको छ। दुई देशबीचका विशिष्ठ व्यक्तिहरुको संयुक्त समुह गठन गर्ने, भारतको संगीत नथा नाटक एकेडेमी र नेपालको प्रज्ञा प्रतिष्ठानबीच सहयोग आदानप्रदान गर्ने सहमति पनि भएको छ ।

Womui
Womui