प्रतिवन्धित झ्याउ सहित अध्यक्ष अन्सारी पक्राउ

73

नेपालगन्ज, फागुन ८–
नेपाल जडिबुटी व्यवसायी संघका केन्द्रिय अध्यक्ष मोहम्मद याकुव अन्सारी प्रतिवन्धित जडिबुटी ‘झ्याउ’ सहित पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले शनिबार अपरान्ह पक्राउ गरेको हो । प्रहरीले अध्यक्ष अन्सारीको नेपालगन्ज, राँझास्थित गोदाममा छापा मारी ठुलो परिमाणको झ्याउ बरामद गरेको छ ।

yakub

उनको गोदामबाट ५ सय ४२ बोरा अर्थात १३ हजार ५ सय ५० किलो प्रतिवन्धित झ्याउ बरामद गरिएको जिल्ला वन कार्यालय बाँकेका निमित्त प्रमुख, सहायक वन अधिकृत नारायण पार्धेले बताए । उनका अनुसार बरामद भएको झ्याउँको मुल्य २ लाख ३ हजार २ सय ५० रहेको छ । बजारमा झ्याउ प्रतिकिलो १५ रुपैयाँमा विक्री हुन्छ । नेपाल सरकारले भने झ्याउ संकलन तथा विक्री, वितरणमा प्रतिवन्ध लगाएको छ । ‘यति ठुलो परिमाणको झ्याउ कहाँबाट र कसरी आयो, यसको अनुसन्धान गरिसकेपछि मात्र थाहा हुन्छ,’ पार्धेले भने ‘अभियुक्त अन्सारीलाई कानुनी कारबाहीका लागि वन कार्यालयले नै प्रक्रिया अगाडी बढाउँछ ।’

बरामद भएको झ्याउलाई शनिबार नै लोड गरी जिल्ला वन कार्यालयमा लगिएको निमित्त प्रमुख पार्धेले जानकारी दिए । पक्राउ परेका अध्यक्ष अन्सारीलाई केही घण्टा जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर थप कारबाहीका लागि वन कार्यालयको जिम्मा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखा इन्चार्ज प्रहरी निरिक्षक बीरबहादुर थापाले अन्सारी पक्राउ परेको जानकारी दिदै उनी विरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

Womui
Womui