कोईराला नै बनिन् बाँके कांग्रेसको सभापति

91

नेपालगन्ज, फागुन ७–
नेपाली कांग्रेस बाँकेको सभापतिमा किरण कोईराला निर्वाचित भएकी छन् । सार्वजनिक भएको मत परिणाम अनुसार किरणले ३ सय ५८ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्धन्द्धी निरन्जनसिंह सिजापतिले २ सय १७ मत ल्याए । सभापति चयनका लागि भएको निर्वाचनमा कुल ६ सय १२ मतदाता मध्ये ५ सय ९१ मत खसेको थियो । त्यसमध्ये १६ मत बदर भएको सहायक जिल्ला निर्वाचन अधिकृत अधिवक्ता जनकबहादुर शाहीले जानकारी दिए ।

Kiran Koirala

नेपालगन्ज रंगशालास्थित कर्वड हलमा बिहान ११ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सम्म चल्नेको थियो । नवनिर्वाचित सभापति किरण पार्टी सभापति एवम पुर्व प्रधानमन्त्री स्वर्गिय सुशील कोईरालाको भाई बुहारी र कांग्रेस बाँकेका पुर्व सभापति स्वर्गिय अरुण कोईरालाकी पत्नी हुन् । महिला संघमा रहेर लामो समय सम्म उनी कांग्रेसको राजनीतिमा सक्रिय रहेकी थिईन् । निर्वाचित भइसकेपछि कार्यकर्तालाई सम्वोधन गर्दै लोकतन्त्रमा जित र हारको कुरा सामान्य रहेको बताईन् ।

‘यो पार्टी भित्रको आन्तरिक चुनाव हो, सबैको जित भएको छ,’ उनले भनिन् ‘हारेका साथीहरु एकदमै निराश हुनु पर्दैन, सबैलाई मिलाएर लैजाने प्रतिवद्धता व्यक्त गर्दछु ।’ यसअघि माघ २५ गते भएको पहिलो चरणको निर्वाचनबाट जिल्ला सचिवमा तप्त पौडेल र कोषाध्यक्षमा निजामुद्धिन सिद्धिकी (मुन्ना) निर्वाचित भएका थिए । पौडेल सिजापतिको प्यानलबाट र सिद्धिकी किरणको प्यानलबाट चुनाव लडेका थिए ।

Womui
Womui