आज भ्यालेनटाइन डे, नेपालमा पनि मनाइँदै

218

काठमाडौं, फागुन २–
आज फेब्रुअरी १४ तारिख अर्थात् प्रेम दिवस । नेपालसहित विश्वभर आइतबार भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ । प्रेम दिवसलाई विशेष गरी युवा युवतीले चाडकै रुपमा मनाउने गर्दछन् । प्रेम दिवसका दिन प्रेमीले प्रेमिकालाई र प्रेमिकाले प्रेमीलाई विभिन्न उपहार दिएर माया दर्शाउने र आफूलाई मन परेको व्यक्तिसामू प्रेम प्रस्ताव पनि राख्ने गरिन्छ । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवसलाई विशेषरुपमा मनाउन थालिएको छ । ‘भ्यालेन्टाइन डे’ को औपचारिक रुपमा सन् २६९ रोमनबाट सुरु भएको हो ।

Valentine day

प्राचिन रोमनबाट सुरु भएको प्रेम दिवस पछि मध्य युगमा इंग्ल्याण्ड र फ्रान्समा पनि १४ फेब्रुअरीका मनाउन थालिएको हो । तत्कालिन रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । तर सम्राटको नियम उल्लघंन गर्दै रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाएपछि धेरै सैनिकको उनैले सार्वजनिक रुपमा विवाह गराएका थिए । सम्राटले आफ्नो नियम उल्लघंन गर्ने पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिएका थिए । त्यसके सम्झनामा फेब्रुअरी १४ लाई मायाप्रतिको त्याग र समर्पण गरेको सम्झनामा प्रणय दिवस अर्थात प्रेम दिवस मनाउन थालिएको हो ।

Womui
Womui