बिद्यार्थी कुट्ने शिक्षकलाई कारबाहीको माग

129

नेपालगन्ज, फागुन १–
बिद्यार्थीलाई शारीरिक दण्ड दिएको घटनाप्रति जिल्लास्थित विभिन्न मानव अधिकारकर्मीले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
बाँकेको बैजापुर–२ भवानियापुरस्थित ब्राईट स्काई इङ्लिस मेडियम बोर्डिङ स्कुलको कक्षा १ मा अध्ययनरत ६ बर्षिय रेशम खत्रीलाई सोही बिद्यालयका शिक्षक रामकिसन थारुले निर्घात कुटपिट गरेका थिए । विद्यालय शान्ति क्षेत्र निर्देशिका २०६८ नेपाल सरकारले लागु गरेको अवस्थामा विद्यालयभित्र शिक्षकद्धारा बालकमाथि शारीरिक दण्ड तथा सजाय दिएको घटनाको अधिकारकर्मीले घोर भत्र्सना गरेका हुन् ।

बैजापुर–५ निवासी पीडित ६ बर्षिय बालक रेशम खत्री ।
बैजापुर–५ निवासी पीडित ६ बर्षिय बालक रेशम खत्री ।

घटनामा संलग्न शिक्षकलाई तत्काल कानुनी कारबाही गर्न र आगामी दिनमा बिद्यालयमा भयरहीत वातावरणमा पठन पाठन सुनिश्चित गर्न जिल्ला शिक्षा कार्यालय लगायत अन्य सरोकारवाला निकायलाई हामी जोडदार माग गरिएको छ । ‘यस्तो किसिमको क्रियाकलाप दोहोरिन नदिन सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदछौं,’ मानव अधिकारकर्मीले संयुक्त रुपमा प्रकाशित गरेको विज्ञप्तीमा भनिएको छ । विज्ञप्ती प्रकाशित गर्नेमा सिविन बाल हेल्पलाइनका सिद्धराज पनेरु, इन्सेक नेपालगन्जका भोला महत, एफडब्लुएलडीका सुनिल श्रेष्ठ, एड्भोकेसी फोरमका बसन्त गौतम, गैसस महासंघका प्रभातकुमार ठकुरी, फातिमा फाउण्डेसनका मैमुना सिद्धिकी, हिमराईट्सका प्रकाश उपाध्याय, आइएचआरसीका विश्वजीत तिवारी रहेका छन् । 

Womui
Womui