बर्दिया निकुञ्जमा बाघको आक्रमण

93

बर्दिया, फागुन १–
बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न पुगेका बेला शनिबार बाघले आक्रमण गरेको छ । निकुञ्जभित्र विदेशी पर्यटकलाई बाघ देखाउन गएका नेचर गाईड कृष्ण शाहलाई बाघले आक्रमण गरेको हो । दिउँसो करिव २ बजेतिर नेदरल्याण्डका गोरारा, बर्दिया संरक्षण कार्यक्रमका रामजी थापा, उमंग खड्का र नेचर गाईड कृष्ण शाह निकुञ्जको तिनकुने भन्ने ठाउँमा पुगेका थिए । होहल्ला गरेर लाठी भुईमा बजारेपछि बाघ आफ्नो बाटो लागेको र डराएर रुखमा बसेका उनीहरुलाई निकुञ्जबाट हात्ती पठाएर उद्धार गरिएको छ ।

Tiger

गाईडले विशेष सावधानी र सर्तकर्ता नअपनाउदा आक्रमण भएको निकुञ्जले जनाएको छ । बच्चासँग रहेको बाघले आफुलाई डिस्टर्ब महसुस गरी आक्रमण गरेको हुन सक्ने निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताएका छन् । घाईते शाहको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । शाहको दुबै खुट्टामा बाघले चिथोरेको बताइएको छ ।

Womui
Womui