कवाडी कारखानामा आगलागी

72

ललितपुर, फागुन १–
ललितपुरको सानेपामा रहेको कवाडी कारखानामा ठूलो आगलागी भएको छ । बिहान साढे ५ बजेदेखि लागो लागेको स्थानीयले बताएका छन् । ललितपुर र काठमाडौंका ४ वटा दमकल तथा प्रहरी र स्थानीयले आगो निभाइरहेका छन् । एसआर सप्लायर्समा आगलागी हुदाँ २ वटा टाटा मोबाइल र एउटा कार जलेको काठमाडौं दमकल प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिए । आगलागीबाट अहिलेसम्म मानवीय क्षति भने भएको छैन् ।

Womui
Womui