बिद्यार्थीलाई स्वास्थ्य प्रशिक्षण

42

नेपालगन्ज, माघ २८–
ग्रामिण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेले बिहीबार नेपालगन्जका बिद्यार्थीलाई विभिन्न स्वास्थ्य सम्वन्धी प्रशिक्षण दिएको छ । नेपालगन्ज–५ बसपार्क स्थित समाबेसी ईंगलिस सेकेण्डरी स्कुलका ८, ९ र १० का ९४ जना बिद्यार्थीलाई धुम्रपान, मद्यपानबाट स्वास्थ्यमा पर्ने असर र क्यान्सर रोगका बिषयमा डा. आमोद शर्माले जानकारी गराएका हुन् । संस्थाका कार्यक्रम संयोजक लता शर्माले बिद्यार्थीहरु समक्ष नैतिक र ब्यवहारिक ज्ञान प्रस्तुत गरिन् ।

आयोजक संस्थाका अध्यक्ष पुर्णलाल चुकेले बिद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रमको आवश्यकता भएकाले कार्यक्रम गरिएको बताए । यसैबीच बिद्यालयमा विश्व कोईरालाको संयोजकत्वमा ७ सदस्यीय धुम्रपान सचेतना क्लब गठन गरिएको छ । क्लबको सचिवमा सिंगराज रोकाय, सदस्यमा बर्षा गुप्ता, सञ्चिता थापा, आकाश जैशवाल, नन्दलाल मिश्र र स्वस्तिका चन्द रहेका छन् । उक्त बिद्यालयका प्रधानाध्यापक हेमन्तराज काफ्लेले बिद्यालयमा प्रयोगात्मक ज्ञान आवश्यक भएकाले अबको शिक्षा ब्यवहारिक हुनुपर्ने बताए ।

Womui
Womui