क्यापिटल सहकारीको साधारण सभा

44

नेपालगन्ज, माघ २८–
क्यापिटल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बिहीबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरि संस्थाले वार्षिक साधारण सभा मनाएको हो । साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम् जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले सहकारी संस्थाको त्रुटी, कमीकमजोरी र समस्यालाई समाधान गरी सेवा प्रवाह गर्न सक्नुपर्ने औलाए । सहकारीको भिडमा खोलिएका संस्थाले बचत तथा ऋण प्रावहमा देखिएका कमी कमजोरीलाई नजर अन्दाज गर्दा जिल्लामा सहकारीको अवस्था कमजोर हुदै गएको बताए ।

सो अवसरमा वचत तथा ऋण जिल्ला सहकारी संघका कार्यकारी प्रमुख घनश्याम बराल, शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख कृपाराम बाडिया, मध्यपश्चिम बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख छबिलाल यादव, मेगा बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख खगेन्द्र पाण्डे लगायतले शुभकामना मन्तव्य दिएका थिए । क्यापिटल वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष फरिद अहमद जसगढले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक वर्ष २०७१/०७२ मा संस्थाले कुल निक्षेपतर्फ एक करोड १६ लाख १३ हजार ९ सय ४१ रुपैया, ऋण लगानी कुल एक करोड १९ लाख ७० हजार ९८ रुपैयाँको कारोबार गरेको छ ।

Womui
Womui