हिसान खेल सप्ताहमा विभिन्न खेल सम्पन्न

69

नेपालगन्ज, माघ २८–
उच्च माध्यामिक बिद्यालय एशोसियशन(हिसान)बाँके बर्दियाको आयोजनामा नेपालगन्जमा जारी हिसान खेल सप्ताह २०७२ को दोस्रो दिन विभिन्न खेल सम्पन्न भएका छन् । बिहीबार फुटबल, भलिबल, क्रिकेट लगायतका खेल भएका हुन् । नेपालगन्ज रंगशालामा भएकोे फुटबलमा मोर्डन पब्लिक नेपालगन्ज र जेनिथ उच्च माध्यामिक बिद्यालय खजुरा विजयी भए । मोर्डन पब्लिकले जनज्योती उच्च माबिलाई ५ शुन्यले हराएको हो, भने जेनिथले पशुपति उच्च माबि राझाँलाई एक शुन्य गोलले पराजित ग¥यो ।

यस्तै बिहीबार नै कोहलपुरमा सम्पन्न क्रिकेट प्रतियोगितामा ब्राईटल्याण्ड र जिभिएन उच्च माबि विजयी भएको छ । ब्राईटल्याण्डले जनज्ञानज्योती बर्दियालाई १ सय ४ रनले पराजित गरेको हो, भने जिभिएनले पशुपतीलाई ८ विकेटले पराजित गरेको हो । यसैगरी छात्रा भलिबलको सेमिफाईनलको खेल पनि बिहीबार नै भएको छ । डाईनामिकले आदर्श उच्च माबि र मोर्डनले भृकुटी उच्च माबिलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । फाईनल खेल भने शुक्रबार हुने हिसानका अध्यक्ष अवनिन्द्रदत्त मिश्रले जानकारी दिए । छात्र भलिबलमा जेभिएनले भृकुटी, गोर्खा युनाइटेडले व्राईटल्यान्ड, डाईनामिकले एबिसी, आदर्शले पशुपति उच्च माबिलाई पराजित गरेको छ ।

यता नेपालगन्जको कभर्ड हलमा भएको ब्याडमिन्टनमा प्रतियोगितामा छात्र र छात्रा दुबै समुहको प्रतिस्प्रर्धा भएको छ । प्रतियोगितामा सिंगल र डबल्सको ईभेन्टका खेलहरु भएका छन् । प्रतियोगिता माघ २७ देखी फाल्गुन २ गते सम्म सञ्चालन हुनेछ । बिद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग पु¥याउने तथा उनीहरुको प्रतिभा उजागर गरी खेल क्षेत्रका लागी प्रतिभावान खेलाडी पहिचान गर्न सम्वन्धित क्षेत्रलाई सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतियोगिताका संयोजक राजन रानाले जानकारी दिएका छन् ।

Womui
Womui