नेपाली कांग्रेसको ६५ जिल्लामा आज नेतृत्व चयन

177

काठमाडौं, माघ २५–
नेपाली कांग्रेसले आज सोमबार आगामी चार वर्षका लागि पार्टीको जिल्ला नेतृत्व चयन गर्ने भएको छ । महाधिवेशनको तेस्रो चरणको कार्यक्रमअन्तर्गत सोमबार काठमाडौं सहितका ६५ जिल्लामा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुन लागेको हो । गाउँ र नगरबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले निर्वाचन क्षेत्रका आधारमा सोमबार सभापति सहित दसदेखि पचास जनासम्मको जिल्ला कार्यसमिति चयन गर्ने छन् । आन्तरिक विवाद र समस्याका कारण क्षेत्रीय र गाउँरनगर अधिवेशन नभएका धनुषा, पर्सा, सर्लाही, सिरहा, सप्तरी, भक्तपुर, सोलुखुम्बुसहित जिल्लामा सोमबार अधिवेशन हुँदैन ।

Congresh office

डडेलधुरा सहित एक निर्वाचन क्षेत्र भएका केही जिल्लामा आइतबार नै अधिवेशन सम्पन्न भएका छन् । सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच गाउँरनगर, क्षेत्रमा जस्तै जिल्लामा पनि प्रतिस्पर्धा हुने भएको छ । काठमाडौं सभापतिमा कोइराला पक्षकै तीन उम्मेदवार छन् भने देउवा पक्षबाट एक जनाले दाबी गरेका छन् । अन्य जिल्लामा पनि संस्थापनको एकभन्दा बढी उम्मेदवार देखिएका छन् भने अधिकांशमा देउवा पक्षबाट एक जनाले मात्रै उम्मेदवारी घोषणा गरेका छन् । फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको १३औं महाधिवेशन अन्र्तगत माघ १५ बाट तल्लो तहका अधिवेशन सुरु भएको थियो ।

Womui
Womui