आजबाट मध्यपश्चिम क्षेत्रीय महोत्सव

112

नेपालगन्ज, माघ २१–
मध्यपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७२ आजबाट नेपालगन्जमा सुरु हुदैछ । बहुउद्देश्यीय सभागृह तथा प्रदर्शनी स्थल निर्माण सहयोगार्थ नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव सुरु हुन लागेको हो । उक्त महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले एक समारोहका बीच उद्घाटन गर्ने तय भएको छ । उद्घाटन समारोह सुरु हुनु अगाडी अहिले संघको कार्यालय त्रिभुवन चोक पश्चिममबाट बृहत झाँकी सुरु गरिएको छ ।

Mahodsab pic

कारकाँदोस्थित सडक विभाग परिसरमा बिहान ११ बजे महोत्सवको उद्घाटन शत्र सुरु हुने संघले जनाएको छ । महोत्सवमा करिव ५ करोड रुपैयाँ बराबरको कारोबार हुने संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । महोत्सव अवधिभर मध्यपश्चिम क्षेत्रमा उत्पादित स्तुहरु, हस्तकला, कृषि, जडिबुटी, पर्यटन, सुचना तथा विज्ञान प्रविधि, क्षेत्रीय स्तरको फोटो प्रर्दशनी गरिनेछ । मध्य तथा सुदुरपश्चिम क्षेत्रको मौलिक कला, संस्कृतिको जर्गेना, प्रर्वद्धन र प्रचार प्रसार हुने आयोजकको अपेक्षा छ ।

दुई लाख दर्शक आउने अपेक्षा गरिएको महोत्सवमा साढे ३ करोड रुपैयाँको दुर्घटना विमा बनाइएको र सुरक्षा निग्रानीका लागि सिसी क्यामेरा जडान गरिएको संघका महासचिव विष्णु लामिछानेले बताए । महोत्सवबाट ८४ लाख रुपैयाँ बराबरको आम्दानी र ६० लाख जति खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीका साथै विविध मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिने भएको छ ।

Womui
Womui