भारतमा नेपाली युवती बलात्कारपछि हत्या गर्ने ७ जनालाई मृत्युदण्ड

43

काठमाडौं, पुष ७— 

करिव दश महिना अघि नेपाली युवतीलाई बलात्कार गरी हत्या गरेको घटनामा संलग्न ७ जनालाई भारत, हरियाणा राज्यको विशेष अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । बर्दिया राजापुर स्थायी घर भएकी २८ वर्षीय युवतीको गत फेब्रुअरीमा हरियाणाको रोतकमा बलात्कार गरी हत्या गरिएको थियो । न्यायाधीश सीमा सिङ्कलको इजालसले घटनामा संलगन ८ मध्ये ७ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो । अघिल्लो साता गरिएको अदालतलको निर्णय सोमबार सार्वजनिक गरिएको हो । अदालतले मृत्युदण्ड दिएका दोषीहरु सुनिल, पवनर, पदम, राजेश, सरवर र मानवीरलाई जनही एक लाख ७५ हजार रुपैयाँ जरिवाना समेत तोकेको अनमानोरमा अनलाइनले उल्लेख गरेको छ । घटनामा एक नेपाली युवक पनि दोषी ठहरिएका छन् ।

Balatkari indian

उनको उमेर १६ वर्ष भएकाले उनलाई कानुनअनुसार निगरानीमा राखिएको छ । बलात्कारपछि पक्राउ परेका सोमवीरले त्यतिबेलै आत्महत्या गरेका थिए । २० वर्षमुनिका सबै दोषी स्थानीय खडेडीखेरी गाउँ निवासी हुन् । घटनालाई विशिष्ट घटनाको रुपमा लिँदै न्यायिक प्रक्रिया तथा अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइएको थियो । उपचारका लागि रोतक पुगेकी २८ वर्षीय युवतीलाई भारतीय र नेपाली मिलेर जंगलमा लगी बलात्कार गरेका थिए । महिलामाथि भइरहेका जघन्य अपराध, बलात्कारका घटनाहरुमा न्यायलय कडा छ भन्ने सन्देश दिन यो फैसला नमुना भएको न्यायाधीश सिङ्कलले भारतीय सञ्चारमाध्यमहरुलाई बताएकी छन् । बलात्कारपछि यौनाङ्गमा ढुंगा र फलामका टुक्रा हालेर यातनापूर्ण हत्या गरिएको अवस्थामा उनको शव चार दिनपछि फेला पारेको थियो ।

Womui
Womui