भारतीय दुतावासलाई बाँकेका मुस्लिमको ज्ञापन

33

नेपालगन्ज, पुष ४–
हिन्दु महासभाका कार्यवाहक अध्यक्ष कमलेश तिवारीले पैगम्बर (सन्देष्टा) मोहम्मद सल्लल्लाहु अलैहिवसल्लम विरुद्ध बोलेको अभिव्यक्ति विरुद्ध बाँकेका मुस्लिम समुदायले विरोध जनाएका छन् । मुस्लिम समुदायले शुक्रबार स्थानीय प्रशासनमार्फत भारतीय दुताबासलाई ज्ञापन पत्र बुझाए । प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकमार्फत भारतीय दुताबासलाई ३ बुदे ज्ञापन पत्र उनीहरुले बुझाएका हुन् ।

अध्यक्ष तिवारीले सदभाव बिथोल्ने किसिमको अभिव्यक्ति दिएको भन्दै तत्काल मुद्दा दर्ता गरि कारवाही गर्न भारत सरकारसँग मुस्लिम समुदायले माग गरेका छन् । ‘हजरत मोहम्मद सल्लल्लाहु अलैहिवसल्लममाथि दिएको अशोभनीय अभिव्यक्तिले मुसलमानहरुको मन मस्तिष्कमा आक्रोश उत्पन्न गरेको छ,’ ज्ञापन पत्र बुझाउदै दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिका निर्वातमान अध्यक्ष अब्दुल रहमान मियाले भने ।

प्रमुख जिल्ला अधिकारी लेखकले कसैको धर्मका प्रचारकलाई अपशब्द भन्नु गल्त भएकोले कारवाहीका लागि ज्ञापन पत्रलाई गृह मन्त्रालयमार्फत भारतीय दुतावासमा पठाउने प्रतिवद्धता जनाए । सो अवसरमा बोल्दै नेपाल इक्रा एजुकेशनल फाउण्डेशनका अध्यक्ष अब्दुल कबिले अश्लील अभिव्यक्ति दिने व्यक्ति असल मानिस नभएको बताए । तिवारीलाई भारत सरकारले तुरन्त कारबाही गर्नुपर्ने उनले माग गरे ।

Womui
Womui