काँग्रेसभित्र क्रियाशील सदस्यतामा विवाद बढ्यो

34

काठमाडौं, पुष ३–
क्रियाशील सदस्यता विवादले नेपाली कांग्रेसभित्र बिबाद बढेको छ । सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेताबीच बढेको दुरि अहिले उत्कर्षमा पुगेको छ । गाउँदेखि केन्द्रीय नेतृत्व चयनमा प्रत्यक्ष प्रभाव पार्ने क्रियाशील सदस्यता छानबिन प्रतिवेदनलाई लिएर कोइराला र देउवा पक्षका नेता विभाजित भएका हुन् ।

Congress-Flag

पार्टी केन्द्रीय कार्यालय, सानेपामा सुरु केन्द्रीय समिति बैठकमा सभापति कोइरालानिकट केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, दिलेन्द्रप्रसाद बडू, मोहम्मद आफ्ताब आलम, कमला पन्त, राजनप्रसाद पन्त, रामचन्द्र तिवारी, गुरुराज घिमिरेसहितका नेताले सदस्यता छानबिनमा एउटै मापदण्ड अपनाउनुपर्ने भन्दै समितिले दोहोरो मापदण्ड अपनाएकाले त्यसलाई मान्न नसक्ने धारणा राखेका छन् । सबै जिल्ला र क्षेत्रलाई एउटै मापदण्डका आधारमा सदस्यता छानबिनको टुंगो लाग्न नसके १२औँ महाधिवेशनअघिको सदस्यतालाई मात्र मान्यता दिनुपर्ने तर्क गरेका छन् । पाँच जिल्लाका पूरै र अन्य केही जिल्लाका आंशिकलाई महाधिवेशनमा भाग लिनबाट रोक्नु न्यायोचित नभएको आरोप लगाउँदै तिवारीले सबै जिल्लालाई समान मापदण्ड बनाउनुपर्ने धारणा राखे ।

केन्द्रीय सदस्य घिमिरेले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणमा एउटै मापदण्ड लागू गर्नुको साटो छानबिन समितिले दोहोरो मापदण्ड लागू गरेको आरोप लगाएका छन् । केन्द्रीय सदस्य आलमले त छानबिन समितिले पार्टी विधानको कुन धारा र दफाअनुसार प्रतिवेदन ल्याएको भन्ने प्रश्न गर्दै विवाद नभएको ठाउँमा विवाद र विवाद भएको ठाउँमा मिलेको प्रतिवेदन दिएको आरोप लगाए । आजको नागरिक दैनिकमा खबर छ ।

Womui
Womui