एमाले नेताको टोली चिनमा, इन्धन सम्झौता गर्न आग्रह

47

चिन(हङकङ), पुष २–
चिन भ्रमणमा रहेका नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री लालबाबु पण्डितले नेपालसँग इन्धन सम्झौता गर्न आग्रह गरेका छन् । एमाले टोलीको नेतृत्व गरी बेइजिङ पुगेका पण्डितले व्यापार सम्झौता गरी नेपाललाई इन्धन दिन चिनियाँ अधिकारीलाई आग्रह गरेका हुन् । हुनानबाट मंगलबार बेइजिङ पुगेको एमाले टोलीले चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका अधिकारीसँग भेटवार्ता गरेको थियो ।

पुर्वमन्त्री लालबाबु पण्डित ।
पुर्वमन्त्री लालबाबु पण्डित ।

भेटवार्तामा विभागका सहायक मन्त्री ली जुनले इन्धन सम्झौताका लागि पहल गर्न एमाले नेताको आग्रह सुनेपछि संकटको सामना गर्न चीनले नेपाललाई सक्दो सहयोग गर्ने उल्लेख गर्दै चीन–नेपाल सिमा नाकाहरूलाई दीगो रुपमा व्यवस्थित गरिनुपर्ने बताए । भेटवार्तामा सहभागी टोलीका एक सदस्यका अनुसार संविधानमा देखिएको विवाद वार्ताबाट समाधान गरी आर्थिक विकासमा केन्द्रित हुन एमाले टोलीलाई लीले सुझाव दिए ।

Womui
Womui