महाधिवेशन तयारीका विषयमा कांग्रेसको छलफल

31

काठमाडौं, पुष १–
आसन्न १३ औं महाधिवेशको तयारीका विषयमा नेपाली कांग्रेसले आजबाट केन्द्रीय समितिमा छलफल गदैछ । महाधिवेशन तयारीका लागि गठन गरिएका समितिले गरेका विभिन्न कामको गतिविधि, पार्टीको विधान संशोधन तथा तराईमा जारी आन्दोलन र नाकाबन्दीका कारण महाधिवेशनलाई पर्न सक्ने असरका बारेमा बैठकमा छलफल हुनेछ ।

Congress-Flag

आजको बैठकमा क्रियाशील सदस्यता वितरण छानविन समितिको प्रतिवेदन पास हुनसक्ने एक केन्द्रीय सदस्यले बताए । तराईमा जारी आन्दोलन तथा नाकाबन्दीका कारण पार्टीको स्थानीय तहको अधिवेशन गर्नका साथै नेता कार्यकर्तालाई गाउँ जान कठिनाइ भएको तराईमा रहेको कांग्रेसका नेता कार्यकर्ताले बताउँदै आएका छन् ।

Womui
Womui