सिद्दिकीलाई अन्र्तराष्ट्रिय अवार्ड प्रदान

69

नेपालगन्ज,पुष १–
बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी डा. अम्बेडकर सेवाश्री अन्र्तराष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । बाँके युनेस्को क्लब गठन गरी क्लबमार्फत पश्चिम नेपालका दलित, थारु, मधेशी समुदाय र पिछिडिएका अल्पसंख्यक मुस्लिम समुदायको उत्थानका लागि विशिष्ट कार्य गरेको भन्दै भारतीय दलित साहित्य अकादमीले सिद्दिकीलाई उक्त अवार्ड प्रदान गरेको हो ।

अवार्ड प्राप्त गरेपछि क्लबका अध्यक्ष प्रवेजअलि सिद्दिकी ।
अवार्ड प्राप्त गरेपछि क्लबका अध्यक्ष प्रवेजअलि सिद्दिकी ।

भारतको नयाँ दिल्लीमा सम्पन्न भारतीय दलित साहित्य अकादमीको ३१ औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष सिद्दिकी लगायत अन्य सम्मानित ब्यक्तित्वलाई भारतका केन्द्रिय राज्यमन्त्री विजय सांपला र राष्ट्रिय अनुसूचित जाति आयोगका अध्यक्ष पी एल पुनियाले सम्मान प्रदान गरेका थिए । सम्मानित भएपछि क्लबको कार्यालयमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष सिद्दिकीले यो सम्मान क्लबका सबै सदस्य र कर्मचारीप्रति समर्पण गर्दै सबैको साझा परिश्रमको फल भएको बताए । सम्मानले अझै पिछिडिएका, दलित थारु र अल्पसंख्यक तथा मधेशी समुदायका लागि काम गर्ने उर्जा थपेको उनले बताए ।

कार्यालय आयोजित कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, कार्यकारी निर्देशक रवी तुलाधर, वरिष्ठ कार्यक्रम संयोजकहरु साजिद अली सिद्दिकी र नवराज शर्मा लगायत सम्पूर्ण कर्मचारीले अध्यक्ष सिद्दिकीलाई बधाई दिएका थिए । २०४७ सालमा अध्यक्ष सिद्दिकीको प्रयासबाट गठन गरिएको क्लबले २०६३ मा मदरसा शिक्षालाई राज्यको मूलप्रवाहमा ल्याउने अभियान सञ्चालन गरेको थियो, भने क्लबले शिक्षा, स्वास्थ्य, जिविकोपार्जन, पोषण, बाल संरक्षण र शुसासन लगायतका क्षेत्रमा काम गर्दै आएको छ । क्लबले बाँके, बर्दिया, कैलाली, दाङ, सुर्खेत र सल्यान लगायतका जिल्लामा पनि विभिन्न काम गर्दै आएको छ ।

Womui
Womui