‘स्पष्टीकरण दिन’ बाँके प्रहरी प्रमुख हेडक्वाटर तानिए

139

नेपालगन्ज, मंसिर २८–
बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक वसन्त पन्तलाई स्पष्टीकरणका लागि प्रहरी प्रधान कार्यालयले काठमाडौं बोलाएको छ । प्रहरीको उच्च स्रोतका अनुसार सिमा क्षेत्रमा शान्ति, सुरक्षा प्रभावकारी ढंगले नगरको आरोपमा पन्तलाई प्रधान कार्यालयले स्पष्टीकरणका लागि काठमाडौं बोलाएको हो । भारतीय नागरिक नेपाली सुरक्षाकर्मीबाट कुटिएको विरोधमा केहीदिन अघि रुपैडिहामा स्थानीय बासिन्दाले प्रधानमन्त्री केपी ओली सहित बाँकेका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतको पुत्ला दहन गरेका थिए ।

SP Basanta Panta

तीन दिनअघि प्रधान कार्यालयले पत्र काटेर बोलाएपछि प्रहरी उपरिक्षक पन्त कार्यालयबाट बिदा लिएर राजधानी पुगेका छन् । मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक(डिआईजी) केशव अधिकारीले केही कुरा बुझ्नु छ भनि प्रहरी प्रधान कार्यालयले पत्र काटेको र सोही कारणले प्रहरी उपरिक्षक पन्त काठमाडौं पुगेको बताए । डिआईजी अधिकारीले भने, ‘केही कुरा बुझ्न भनेर नै पन्तलाई हेटक्वाटरले बोलाएको भन्ने कुरा मैले सुनेको छु, तर यर्थात कुरा मलाई पनि थाहा छैन ।’ प्रहरी उच्च स्रोतका अनुसार प्रहरी उपरिक्षक पन्तलाई प्रधान कार्यालयले शान्ति, सुरक्षा प्रभावकारी ढंगले गर्न नसकेको ठहर गरेको छ । 

Womui
Womui