युनेस्कोले सञ्चालन गरेका कार्यक्रम अनुगमन

116

नेपालगन्ज, मंसिर २७–
बाँके युनेस्को क्लबले विभिन्न ठाउँमा सञ्चालन गरेका कार्यक्रमको प्रभावकारीताका विषयमा आइतबार जिल्लास्थित विभिन्न सरोकारवालाले अनुगमन गरेका छन् । नेपालगन्ज उपमहागनरपालिका तथा विभिन्न गाविसमा शिक्षा, स्वास्थ्य, कृषि र बालबालिका क्षेत्रमा सञ्चालित कार्यक्रमको अनुगमन गरिएको हो । संयुक्त टोलीले नेपालगन्जस्थित मदरसा दारुल उलुम गुल्साने मदिना, खेल्दै सिक्ने केन्द्र, भेरी अञ्चल अस्पताल, हनुमान प्राथमिक बिद्यालय गोसाईगाउँ, कम्दीस्थित तरकारी संकलन केन्द्र र स्वास्थ्य चौकी, फत्तेपुरस्थित खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति, बैजापुरस्थित गाउँ बाल संरक्षण समिति र बाल क्लब लगायतको मा अनुगमन गरेको हो ।

DSC04634

जिल्ला विकास समिति बाँकेका अधिकृत शरद पौडेलको अगुवाईमा गरिएको अनुगमनका क्रममा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेजअलि सिद्धिकी सहितका पदाधिकारी तथा जिल्ला जनस्वास्थ्य कार्यालय, कृषि विकास कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, खानेपानी, सेभ द चिल्डे«न लगायत सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधिको सहभागिता रहेको थियो ।

Womui
Womui