आयल निगम थानकोटका डिपो प्रमुख पक्राउ

87

काठमाडौं, मंसिर २७–
नेपाल आयल निगम थानकोटका डिपो प्रमुख रविन शर्मा पक्राउ परेका छन् । इन्धनको कालोबारीमा संलग्न भएको आशंकामा नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले शर्मालाई आइतबार साँझ थानकोटबाटै पक्राउ गरेको हो । अनुसन्धानको सिलसिलामा शर्मालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले तेलको कालोबजारीविरुद्ध एन्टी मंगर अपरेशन चलाइरहेको अवस्थामा पक्राउ गरिएको बताएका छन् ।

Rabin-Sharma

कालोबजारीको आरोपमा पक्राउ परेका अन्य व्यक्तिले समेत शर्माको नाम पोलेपछि प्रहरीले अनुसन्धान थालेको थियो । शर्माविरुद्ध केही पेट्रोलियम व्यवसायीले संस्थागत रुपमा कम्र्पाटमेन्ट सेटिङ गरेर कालोबजारी गरेको आरोप लगाएका छन् । यसैगरी पेट्रोल पम्पहरुसँग रकम लिएर तेल दिने गरेको आरोप पनि छ । शर्मा निगमभित्र विवादित मानिन्छन् । उनको शैक्षिक योग्यता नपुगेपनि राजनीतिक पहुँचका आधारमा आठौं तहका अधिकृतमा बढुवा भएका थिए । निगमको कर्मचारी प्रशासन विनियमावलीमा निगमको अधिकृतका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता कम्तीमा स्नातक पास गरेको हुनुपर्ने तोकिएको छ । तर, शर्माले प्रविणता प्रमाणपत्र तह मात्र पास गरेका छन् ।

Womui
Womui