त्रिपक्षीय वार्ता निष्कर्ष विहिन

41

काठमाडौं, मंसिर २७–
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको त्रिपक्षीय वार्ता निष्कर्ष विहिन भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुननिर्माण प्राधिकरण विधेयक र संविधान संशोधन विधेयकसँगै पारित गर्नुपर्ने अडान राखेपछि वार्ता निष्कर्ष विहिन भएको हो । सत्तापक्ष, प्रमुख प्रतिपक्ष र आन्दोलनरत मधेसी मोर्चाबीचको बैठकमा कांग्रेसले संविधान संशोधन विधेयक र पुनर्निमाण प्राधिकरण विधेयक एकै पकट पारित गर्नुपर्ने अडान राखेपछि बैठक निष्कर्ष विहिन भएको वार्तामा सहभागी संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले बताए ।

political party

कांग्रेसले राखेको प्रस्तावमा मधेसी मोर्चाले आपत्ति जनाएको थियो । मोर्चाले भूकम्पपछिको पुननिर्माण गर्न दातृ निकायले उपलब्ध गराएको बजेट प्राधिकरण गठनको अभावमा फिर्ता जाने अवस्था रहेको भन्दै पहिले तत्काल पुर्न्निर्माण विधेयक पारित गर्नुपर्ने बताएको थियो । मोर्चाले संविधान संशोधनका विषयमा सबै पक्षबीच विस्तृत छलफल गरेर मात्र अगाडि बढाउन प्रस्ताव गरेको राउतले बताए । तर, कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने संविधान संशोधन विधेयक र पुननिर्माण प्राधिकरण विधेयक एकैपटक पारित गर्नुपर्ने अडान राखेका थिए । बैठकमा प्रधानमन्त्री केपी ओलीले आन्दोलनरत मधेसी मोर्चा पुननिर्माण विधेयक पारित गर्न सकारात्मक भएको बेला कांग्रेसजस्तो जिम्मेवार दलले अड्को थाप्नु उचित नभएको भन्दै पुननिर्माण विधेयक पारित गर्न सहयोग गर्न आग्रह गरेका थिए ।

Womui
Womui