आन्दोलनले आजित भो मधेस

36

लहान, मंसिर २६–
गोलबजार नगरपालिका लालपुर टोलका किसान माधव थपलियाले पोहोरजस्तै यसपालि पनि खेतमा बेमौसमी भान्टा र काउली रोपे। मिहिनेत अनुसारको उत्पादनबाट उनी झनै हौसिए । यसपालि राम्रै आम्दानी हुने देखेर उनी थप लगानीका योजना बुन्दै थिए। लगत्तै मधेस आन्दोलन र नाकाबन्दी सुरु भयो, जसका कारण बाहिरका तरकारी व्यापारी रोकिए । सवारीसाधन नचल्दा बाहिरका व्यापारी तरकारी खरिद गर्न गाउँसम्म आइपुगेनन् । स्थानीय बजारमा किसानको मूल्यभन्दा पनि स्थानीय व्यापारीको मूल्य हावी भएपछि थपलियाको नयाँ लगानी योजना गर्भमै तुहियो । ‘बन्द यति लामो समयसम्म लम्बिएला भनेर सोचेकै थिइनँ,’ उनी भन्छन, ‘तरकारी खेतीमा गरेको लगानीसमेत असुल गर्न हम्मे प¥र्यो ।’

Lahan pic

पहिलो चरणकै लगानी डुबेपछि पुनः लगानी गर्ने हिम्मतै नभएको उनले सुनाए । थपलिया मधेस आन्दोलन र नाकाबन्दीका कारण मारमा परेका प्रतिनिधि किसान हुन् । यहाँका अधिकतर किसानको पीडा उनको जस्तै छ । लालपुर गाउँमा उत्पादित तरकारी भारतीय बजार जयनगरदेखि पूर्वको सुनसारी, मोरङसम्म पुग्थ्यो । मधेसकेन्द्रित दलको घोषित आन्दोलन चार महिना पुग्दैछ । नाका धर्ना र भारतीय नाकाबन्दी ८० दिन पुग्यो । नाकाबन्दीका कारण किसानले उत्पादन गरेको धान बिक्री हुन सकेको छैन । गर्जो टार्नै नपाएपछि कतिपय किसानले अघिल्लो वर्षभन्दा हजार रुपैयाँसम्म कम मूल्यमा धान बेचेका छन् ।

हातमुख जोर्न बाध्य भएर अवैध कारोबार मा संलग्न भएका छन् । चार महिना लामो बन्दले थलिएका यहाँका नागरिक ’बन्द कहिले खुल्छ?’ भनिरहेका छन् । बन्दमा यहाँका साना र मझौला व्यापारी ऋणको बोझमा चुर्लुम्मै डुबेका छन् । तर, बन्द र नाकाबन्दीको आडमा यहीका कतिपय मानिस इन्धन र खाना पकाउने ग्यास तस्करीबाट लाखौं कमाइरहेका छन् । आजको नागरिकमा खबर छ ।

Womui
Womui