ट्रक पल्टिँदा धादिङमा एकको मृत्यु

65

धादिङ, मंसिर २६–
धादिङको सल्यानकोट गाविस–१ लामीडाँडामा शुक्रबार भैँसी बोकेको ट्रक पल्टिँदा एकको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा सिन्धुलीका जीवन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । विकट उत्तरी धादिङको फुलखर्क गाविसबाट धादिङबेसी आउँदै गरेको ना ५ ख ६४३७ नम्बरको ट्रक अनियन्त्रित भई कच्ची सडकबाट एक सय ३० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ट्रक चालक फूलखर्क बस्ने जसबहादुर घले र सहचालक प्रवीण गुरुङ घाइते भएका छन् । घाइतेको सल्यानटार प्राथमिक केन्द्रमा उपचार भइरहेको छ ।

Womui
Womui