विश्व मानवअधिकार दिवस, विविध कार्यक्रम

46

काठमाडौं, मंसिर २४–
६७ औं विश्व मानवअधिकार दिवस बिहीबार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘आवर राइट्स, आवर फ्रिडम अल्वेज’ भन्ने नाराका साथ मनाइएको उक्त दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंमा बिहीबार बिहान प्रभातफेरी गरेको छ । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी बिभिन्न स्थान परिक्रमा गरेको थियो । आयोगको कार्यालय पुल्चोक ललितपुरमा बिहीबार नै विशेष कार्यक्रम पनि आयोजना गरिएको छ ।

सन् १९४८ डिसेम्वर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्रा्ष्ट्रिय अनुबन्ध र आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्रा्ष्ट्रिय अनुबन्ध पारित गरेको ५० औँ वर्षगाँठको अवसरमा यस वर्ष दिवसलाई विशेष रुपले मनाउन आग्रह गरेको छ ।

Womui
Womui