रुपैडिहा नाका खुलेको संकेत, भित्रिए सयौं सवारी साधन

252

नेपालगन्ज, मंसिर २४–
भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले बिहीबार रुपैडिहा नाकाबाट ठुलो संख्यमा मालबाहक ट्रक तथा पेट्रोलियम ट्यांकर छाडेको छ । उक्त नाकामा एसएसबीले लामो समयदेखि सवारी साधन प्रवेशमा रोक लगाउँदै आएको थियो । दसगजा क्षेत्रमा आन्दोलनरत मधेसी मोर्चाको धर्ना र भारतको स्थानीय चुनावलाई कारण देखाउँदै एसएसबीले अघिल्लो सोमबारबाट पेट्रोलियम ट्यांकर र मालबाहक अन्य सवारी साधन प्रवेशमा रोक लगाउँदै आएको थियो ।

जमुनाहा प्रहरीका अनुसार एसएसबीको अवरोधका कारण रुपैडिहा क्षेत्रमा करिव ४ सय सवारी साधन अड्किएका थिए । ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी सहायक निरिक्षक हरि गुरुङका अनुसार बिहीबार बिहान देखि एसएसबीले नाकाको अवरोध हटाउँदा दिउँसो उक्त नाकाबाट १ सय ४६ वटा मालबाहक ट्रक तथा कन्टेनर, १९ ट्यांकर डिजल, ५ ट्यांकर पेट्रोल, ३ ट्यांकर हवाई इन्धन र २ बुलेट ग्याँस भित्रिएका छन् । रुपैडिहामा रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउन एसएसबीले सहयोग गरिरहेको गुरुङले बताए । ‘नाका दुई दिनयता केही खुकुलो भएपनि यतिधेरै सवारी साधन एकैचोटी भित्रिन पाएका थिएनन,’ उनले भने ।

रुपैडिहाबा प्रवेश भएका पेट्रोलियम ट्यांकर ।
रुपैडिहाबा प्रवेश भएका पेट्रोलियम ट्यांकर ।
Womui
Womui