सीमांकन हेरफेर नगर्न एमाले नेतृत्वमाथि दबाव

43

काठमाडौं, मंसिर २०–
भारतको नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनको दबावमा परेर संघीय प्रदेशहरुको सीमांकन हेरफेर नगर्न नेकपा एमालेभित्र प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दबाव बढेको छ । माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहितका शीर्षनेता तथा युवापुस्ताका नेताहरुले सीमांकन हेरफेरमा पार्टीको पुरानो अडान नछाड्न ओलीमाथि दबाव बढाएका हुन् । सीमांकन हेरफेरको मामिलामा एमालेका यी नेताहरुले कांग्रेस महामन्त्री कृष्ण सिटौला लगायतका नेतालाई पनि आफ्नो पक्षमा पारेको स्रोतले जनाएको छ । यी नेताहरुकै दबावका कारण सिमांकन फेरबदल अहिलेनै गर्नुपर्ने मधेशी मोर्चाको मागमा सहमति नजुटेको बालुवाटार स्रोतले जनाएको छ ।

CPN_Uml_Building

सुशील कोइराला र प्रचण्ड पनि सीमांकन हेरफेरमा तराई मधेसको भूगोलमा चुरे मिसाउने र केही जिल्ला टुक्राउने कुरामा सहमत हुन लागेका थिए । तर, माधव नेपालले ठाडै बिरोध गरे । माधव नेपालमात्र होइन, यसमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौला पनि एकमुख भए । तराई मधेसका बिभिन्न जिल्लाको भ्रमण गरेर कर्णाली पुगेपछि काठमाडौं आएका बरिष्ठ नेता नेपालले सीमांकन चलाउँदा देशैभरि अरु आन्दोलन हुने भन्दै त्यो अवस्था झन् थेग्न नसकिने चेतावनी दिएका छन् ।

Womui
Womui