छोटी नाकामा तस्करलाई सजिलो

47

नेपालगन्ज, मंसिर १८—
बुधबार भेरी अञ्चल प्रहरी कार्यालयबाट खटिएको टोलीले बर्दिया, मोहमदपुरस्थित अइनुदिन सेखको घरमा १० लाख रूपैयाँ बराबरको एक सय ५० क्विन्टल लसुन बरामद ग¥यो । प्रहरीका अनुसार उक्त लसुन सेखले लौकाई नाकाबाट भारत लैजान घरमा लुकाएर राखेका थिए । साताअघि मात्रै बर्दिया प्रहरीले बिभिन्न भारतीय नाकाबाट अवैध रूपमा भित्रिएको तीन हजार लिटर इन्धन बरामद गरेको थियो । सामान्य अवस्थामा ठप्प प्रायः रहने दाङको कोइलावास नाकामा अहिले बाक्लो चहलपहल छ । त्यहाँबाट तस्करीको इन्धनदेखि अन्य सामान सहजै नेपाल भित्रिने गर्छ । यी केही प्रतिनिधिमूलक दृष्टान्त हुन् ।

भारतीय नाकाबन्दीको कारण तराईका जिल्लामा रहेका ’छोटी भन्सार नाका’ हरू अहिले अवैध रुपमा मालवस्तु ओसारपसार गर्ने सहजमार्ग बनेका छन् । सामान्य समयमा समेत तस्करीका कारण चुनौती बन्ने गरेका यी नाकाबाट अहिले खुलेआम तस्करी भरहेको छ । नाकाबन्दीतर्फ केन्द्रित प्रहरी–प्रशासनको ध्यान यसतर्फ पुग्न सकेको छैन । नाकाबन्दीयता मुख्य भन्सार नाकामा कडाइ हुन थालेपछि छोटी भन्सार नाकामा तस्कर गिरोह सक्रिय भएको सीमावर्ती क्षेत्रका बासिन्दा बताउँछन् । उनीहरूका अनुसार तस्करले इन्धन, मल र निर्माण सामग्री भिœयाइरहेका छन् । बर्दियाको कोठियाघाट छोटी भन्सार नाकाबाट दैनिक ठूलो परिमाणमा इन्धन, सयौँ बोरा मलखाद र अन्य मालसामान भित्रिरहेको स्थानीय एक होटल व्यवसायीले बताए । ’हामीले गनेर बस्ने कुरा त हुँदैन,’ उनले भने, ’नाकाबाट दिन–रात सामान भित्रिरहेको छ ।’ कोठियाघाट नाका सदरमुकाम गुलरियादेखि २४ किलोमिटर पश्चिममा पर्छ । कपिलवस्तुको सीमावर्ती क्षेत्रका सर्वसाधारण छोटी भन्सार नाकामा सबैभन्दा बढी पेट्रोलियम तस्करी हुने गरेको बताउँछन् । उनीहरूका अनुसार तस्करीमा दुवै देशका सर्वसाधारण संलग्न छन् । कपिलवस्तुमा मात्र नौवटा छोटी भन्सार नाका सञ्चालनमा छन् ।

सीमाक्षेत्र मर्यादपुरमा चियानास्ताको पसल सञ्चालन गर्दै आएकी रीता गुप्ता नाकाबन्दीयता मर्यादपुर नाकामा चहलपहल निकै बढेको बताउँछिन् । नाका हुँदै साइकल र मोटरसाइकलमा दैनिक उपभोग्य सामग्रीसँगै पेट्रोलियम ओसारिरहे पनि दुवैतर्फका सुरक्षाकर्मीले रोकेका छैनन् । ‘नाकाबन्दीयता तेल तस्करी बढेको छ,’ उनले भनिन, ‘यसमा दुवै देशका व्यक्ति संलग्न छन् ।’ आँखैअघि तस्करी भइरहे पनि प्रहरीले वास्ता नगरेको सीमाक्षेत्र सोमडिहका मुकेश पाठक बताउँछन् । ’तेल र उपभोग्य सामान तस्करी बढेको छ,’ उनले भने, ‘तस्करहरूले दुवैतर्फ ’सेटिङ’ मिलाएकाले निर्बाध सामान ओसारिरहेका छन् ।’ आजको नागरिकमा खबर छ ।

Womui
Womui