रुपैडिहा नाकामा दिनभर यस्तो देखियो– (फोटो सहित)

199

नेपालगन्ज, मंसिर १६–

आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले बुधबार दिउँसो दसगजा र भारतीय भूमि प्रयोग गरी पेट्रोल बम र ढुंगा प्रहार गरेका छन् । ठुलो संख्यामा जम्मा भएका आन्दोलनकारीले पेट्रोल बम र ढुंगा प्रहार गरेपछि नाका दिनभर तनावग्रस्त बन्यो । नाकामा उत्पन्न तनावका कारण घण्टौं समय सम्म ओहोर–दोहोर गर्ने पैदल यात्री समेत रोकिएका थिए । केहीबेरको तनावपछि भारतीय सुरक्षाकर्मीको समन्वयमा आन्दोलनकारीलाई नाकाबाट हटाइएको थियो । भारतीय सुरक्षाकर्मीले सुरुमा आन्दोलनकारीलाई मौन रुपमा सहयोग गरेपनि अन्तिम समयमा लखेटेझै गरेको नेपाली सुरक्षाकर्मीले बताएका छन् ।

Jamunaha Naka maa Tanab

Jamunaha

A

B

C

Womui
Womui