आन्दोलनकारीले युवकलाई फेरी जिउँदै जलाए

51

नवलपरासी, मंसिर १६–
इन्धन ल्याएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले नवलपरासीमा एक युवकलाई जिउँदै जलाएका छन् । कालोबजारीका लागि डिजल ल्याएको आरोपमा रुपन्देहीको फर्सािट्रकर निवासी १८ वर्षीय सन्दिप यादवलाई सनही– ९ मा मोर्चाका कार्यकर्ताले जिउँदै जलाएका हुन् । नेपाल भारत सीमाक्षेत्रबाट डिजल ल्याउँदै गरेको अवस्थामा नवलपरासीको सनहीमा यादवले ल्याएको डिजलसहित आन्दोलनकारीले जलाएको नवलपरासीका डिएसपी अर्जुन रानाभाटले बताए ।

यादव गम्भीर घाइते भएका छन् । उनको शरीर र खुट्टा जलेको छ । घाइतेको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ । यादवले लु ३ प २०१७ नम्बरको मोटरसाइकलमा डिजल ल्याउँदै थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाको अनुसन्धान भइरहेको डिएसपी रानाभाटले जानकारी दिए । प्रहरीले सनही ९ का राजेशचन्द्र सैथवार, शिवकुमार यादव र सनही ८ सेरु मियालाई नियन्त्रणमा लिएको हो ।

Womui
Womui