जमुनाहा नाकामा प्रहरी र मधेसी मोर्चाबीच झडप

54

नेपालगन्ज, मंसिर १४-
आन्दोलनरत मधेसी मोर्चा र प्रहरीबीच जमुनाहास्थित दसगजा क्षेत्रमा झडप भएको छ । मोर्चाका कार्यकर्ताहरु केन्द्रको निर्णय अनुसार आइतबार बेलुकाबाट दसगजामै पाल टाँगेर धर्नामा बसेका थिए । उनीहरुको धर्नाका कारण सोमबार दिनभर मालबाहक र पेट्रोलियम ट्यांकर आवत जावत गर्न पाएनन् । मोर्चाको धर्नाले नाका ठप्प भएपछि प्रहरीले त्यहाँबाट हटाउन खोज्दा सोमबार बेलुका दुवै पक्षबीच ढुंगा हानाहान भएको हो । ईलाका प्रहरी कार्यालय जमुनाहा इन्चार्ज विष्णु गिरीले मधेसी मोर्चाका कार्यकर्ताले सुरुमा भारतीय क्षेत्रबाट ढुंगा हानेको बताए ।

Womui
Womui