कालोबजारी मौलाएकोमा अख्तियारको चासो

218

काठमाडौं, मंसिर १३–
सर्वसाधारणले सहज रुपमा इन्धन तथा ग्यास नपाउने तर कालोबजारीमा जतिपनि पाउने अवस्थाको अन्त्य गर्न अख्तियारले सम्बन्धित निकायलाई चेतावनी दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार भूकम्प पीडितलाई वितरण गरेको राहतमा भएको अनियमितता र नाकाबन्दीपछि भएको कालोबजारीको प्रतिवेदन सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा अकालोबजारी तत्काल नरोके सम्बन्धित निकायलाई नै कारवाही गर्ने चेतावनी दिएको हो ।

akhtiyar office

कार्यक्रममा उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सम्बन्धित सरकारी निकायका अधिकारीलाई बोलाएर तत्काल कालोबजारी रोक्न निर्देशन दिएको छ । कालोबजारी नियन्त्रण गर्न नसके कारवाही भोग्न तयार रहनसमेत अख्तियारले चेतावनी दिएको छ । अख्तियारका प्रवक्त कृष्णहरि पुष्करले सरकारले अहिले गरिरहेको अनुगमन नाममात्रको भएको भन्दै त्यसलाई कडाइ गर्न निर्देशन दिएको हुन् ।

Womui
Womui