दुर्घटनाग्रस्त बसमा ठुलो परिमाणको इन्धन फेला

35

सिरहा, मंसिर १३—
सिरहामा दुर्घटनामा परेको बसभित्र ठूलो परिमाणमा इन्धन भेटिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कर्जनहाको बगाहामा शनिबार बिहान बस दुर्घटनामा परेको थियो । झापाको बिर्तामोडबाट प्रहरीको सुरक्षा घेरामा काठमाडौँ जाँदै गरेको ना ४ ख ३७८८ नंको बस बिहान करिब ३ बजेतिर बगहामा दुर्घटनामा परेपछि करिब १२ हजार लि पेट्रोल र डिजल भेटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले बताए । उक्त बस पश्चिमबाट पूर्व आउँदै गरेको ना ५ख ६५९४ नंको बससँग ठोक्किँदा केही यात्रु सामान्य घाइते भएका थिए । ठोक्किएको बसलाई प्रहरी निगरानीमा राखेर बिहान खानतलासी गर्दा काठमाडौँ लैजान ग्यालेनमा राखिएको पेट्रोल र डिजल बरामद गरिएको प्रहरी नायब उपरीक्षक चौधरीले उल्लेख गरे। प्रहरीले इन्धन र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Womui
Womui