पत्रकार गिरीलाई अष्ट्रेलियाबाट उपचार सहयोग

110

नेपालगन्ज, मंसिर १०–

सडक दुर्घटनामा घाइते भएका नेपालगन्जमा क्रियाशिल पत्रकार नवीन गिरीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । अष्ट्रेलियामा बस्ने नेपाल प्रेस युनियन बाँकेका पुर्व कोषाध्यक्ष सन्ध्या शाहको पहलमा संकलित ४७ हजार ५ सय रुपैयाँ बिहीबार गिरीलाई हस्तान्तरण गरिएको हो । प्रेस युनियन बाँकेको आग्रह र समन्वयमा संकलित उक्त रकमलाई शाहले एक कार्यक्रमका बीच नेपालगन्जमा हस्तान्तरण गरिन् ।

पत्रकार नवीन गिरीलाई सहयोग रकम हस्तान्तरण गर्दै सन्ध्या शाह ।
पत्रकार नवीन गिरीलाई सहयोग रकम हस्तान्तरण गर्दै सन्ध्या शाह ।

डेढ वर्षअघि दाङमा मोटरसाईकल दुर्घटना हुँदा प्रेस युनियनका केन्द्रिय पार्षद गिरी सख्त घाईते भएका थिए । उनको खुट्टामा चोट लागेको थियो । काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलमा लामो समयको उपचार पश्चात पत्रकार गिरीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको छ । सो अवसरमा बोल्दै शाहले अष्ट्रेलियामा बस्ने गैर आवासिय नेपालीबाट संकलन गरिएको रकम दुर्घटनाका घाईते पत्रकार गिरीलाई हस्तान्तरण गर्न पाउँदा आफुलाई खुसी लागेको बताईन् । ‘विदेशमा बसेपनि हामीलाई नेपालको माया छ, त्यसकारण सान्त्वना स्वरुप मैले त्यहाँबाट पनि सहयोग गर्ने इच्छा गरेकी हुँ,’ उनले भनिन् । त्यसक्रममा शाहले सहयोग गर्ने गैर आवासिय नेपालीहरुको नाम पढेर सुनाएकी थिईन् ।

44

रकम हस्तान्तरण पछि पत्रकार गिरीले दुर्घटनापछि सबैको माया र आर्शिवाद पाएको बताए । ‘उपचारका बेला धेरै दुःख र कष्ट बेहोरेपनि सबैको माया र आर्शिवादले मेरो स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ,’ उनले भने ।

2

पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीले कुनैपनि पत्रकारले अब दुर्घटनामा परेकै कारण अब आर्थिक कठिनाई बेहोर्न नपर्ने बताए । पत्रकार महासंघले आफ्ना साधारण सदस्यका लागि ५ लाख रुपैयाँको ‘पत्रकार दुर्घटना विमा’ लागु गरिसकेकाले उपचारमा सहयोग पुग्ने बताए । सभापतिको आसनबाट बोल्दै प्रेस युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले दुर्घटनाका घाईते गिरीको उपचारका लागि प्रेस युनियन बाँकेले सुरुमा आफ्ना सदस्यबाट रकम उठाएर सहयोग संकलन अभियान चलाएको स्मरण गराए । पत्रकार गिरीका लागि अझैपनि सहयोगी हात बढाउन उनले सबैलाई आग्रह गरे । उक्त कार्यक्रमको सञ्चालन प्रेस युनियन बाँकेका सचिव अर्जुन ओलीले गरेका थिए ।

सहयोग हस्तान्तरणपछि सामुहिक फोटो खिचाउँदै ।
सहयोग हस्तान्तरणपछि सामुहिक फोटो खिचाउँदै ।
Womui
Womui