नेपालका १५ जिल्ला भारतमा गाभ्ने भाजपा सांसदको खुलासा

116

काठमाडौं, मंसिर ९–
तराईका १५ वटा जिल्लालाई भारतमा गाभ्नुपर्ने सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले बताएका छन् । एवं पूर्व क्रिकेटर उनले बल प्रयोग गरेर भएपनि नेपालका १५ जिल्ला भारतमा गाभ्नुपर्ने उल्लेख गरेका हुन् । भारतको दरभंगामा आयोजित एक कार्यक्रममा आजादले राखेको उक्त धारणा भारतीय पत्रिका जागरणले प्रकाशित गरेको छ । समाचारमा भारतको हिस्साका रूपमा रहेका १५ जिल्ला अंग्रेजले नेपाललाइ दिएको झुटो तथ्य आजदले पेश गरेका छन्।

Jagaran

आजादले यसबारे उतिबेलादेखि अहिलेसम्म कसैले आवाज नउठाएको उल्लेख गर्दै अब ती जिल्ला छाड्न नहुने बताएका हुन् । १५ जिल्ला भारतमा फर्काउनका लागि लड्ने भन्दै उनले यसबारे संसदमा कुरा उठाउने समेत बताए। त्यसका लागि तयार रहन उनले नेपाललाई चेतावनी दिएका छन् । मधेसवादी दल उचालेर नेपाललाई अस्थिर बनाइरहेको भारतले नाकाबन्दी गरिरहेको सन्दर्भमा सत्तारुढ दलका सांसदको यस्तो अभिव्यक्ति आएको हो । नाकाबन्दी गरैकै छैन र भारत नेपालमा सधैँ शान्ति र सुव्यवस्था चाहन्छ भनेर प्रोपागान्डा गर्ने भारतीय पक्षले यो विषयमा पनि छिटो आफ्नो चासो देखाएको छ ।

Womui
Womui