सञ्चारगृहमै पुगेर दुई पत्रकारमाथि आक्रमण प्रयास

44

नेपालगन्ज, मंसिर ६–
सञ्चारगृहमै पुगेर नेपालगन्जका कार्यरत दुई जना पत्रकारलाई अलग समुहले आक्रमण प्रयास गरेको छ । नेपालगन्जस्थित सदभाव दैनिकका सम्पादक दामोदर भण्डारी र नागरिक दैनिकका नेपालगन्ज संवाददाता अर्जुन ओलीमाथि शनिबार बेलुका आक्रमण प्रयास भएको हो । पत्रकार भण्डारीलाई जुवा काण्डमा परेर निलम्वित भएका प्रहरी इन्स्पेक्टर भरतसिंह राठौरले आक्रमण प्रयास गरे ।

केहीदिन अघि इन्स्पेक्टर राठौर जुवा खालबाटै पक्राउ परेको समाचार सदभाव दैनिकमा प्रकाशित भएको थियो । मदिराले मात्तिएका राठौरले सुरुमा भण्डारीलाई फोनबाट गाली गलौच र धम्की दिएका थिए । लगत्तै कार्यालयमै पुगेर कार्यकक्षमा बसेका सम्पादक भण्डारीलाई ज्यान लिएर आफु जेल जाने धम्की दिदै हातपात प्रयास गरेका थिए ।

यस्तै नागरिक संवाददाता ओलीले तीन महिनाअघि नागरिक पश्चिमेलीमा ‘काम अधूरै छोडेर भुक्तानी’ शीर्षकको समाचार प्रकाशित गरेका थिए । उक्त समाचार बाहिर आएपछि जिविस, अख्तियारलगायत निकायले छानबिन प्रक्रिया अगाडि बढाएका थिए । उक्त समाचारको विषयलाई लिएर कल्र्भट निर्माणको जिम्मा लिएका ठेकेदार गणेश शाहीले नागरिक पश्चिमेली कार्यालयमै पुगेर शनिबार अपरान्ह करिव ५ बजेतिर गाली गलौच, डर धम्कीसहित हातपातको प्रयास गरेका हुन् । ठेकेदार शाहीले सुरुमा टेलिफोनबाट डर, धम्की दिएका थिए । त्यस लगत्तै कार्यालय पुगेका शाहीले नागरिककर्मी ओलीलाई कार्यकक्षमै हातपातको प्रयास गरेका हुन् । दुवै घटनाका संलग्न दोषीलाई प्रहरीले पक्राउ गरेको छैन ।

Womui
Womui